
अर्जुन कार्की
बागलुङ, ६ माघ
अमर आदर्श आवासिय विद्यालय बागलुङको आयोजनामा बांगेचौर खेलमैदानमा जारी अमर आदर्श गोल्ड कप–२०७४ अन्तर (१०+२) पुरुष फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक अमर आदर्श मावि (ग्रिन) र फ्युचर ब्राईटर मावि भिड्ने भएका छन् ।
प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गरिरहेका दुवै टिमले सेमिफाईनलमा फराकिलो अन्तरको जित निकाल्दै फाईनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको पहिलो सेमिफाईनल खेलमा फ्युचरले अमृत आदर्श माविलाई ५–१ गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
फ्युचरलाई फाईनलमा प्रवेश गराउनको लागि कप्तान कमल थापाले ह्याट्रिक गरेभने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका आशिक केसीले २ गोल गरेका थिए ।
प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने क्रममा कप्तान थापाले खेलको २९, ४३ र ४९ मिनेटमा गोल गरेका थिएभने केसीले खेलको २३ र ५५ मिनेटमा गोल गरेका थिए । आदर्शको लागि खेलको ३५ मिनेटमा सन्देश माझिले गोल गरेपनि टिमलाई जित दिलाउनभने सकेनन् ।
यस्तै दोस्रो सेमिफाईनल खेलमा आयोजक अमर आदर्शले न्यू ओयसिस एकेडेमिलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
अमरलाई फाईनलमा पुराउनको लागि रोहन खड्काले ह्याट्रिक गोलगरेभने दिका थापाले २ र अरुण श्रीस र सुनिल श्रीसले १–१ गोल गरेका थिएभने न्यू ओयसिसको लागि एकमात्र गोल प्रविन श्रीसले गरेका थिए ।
रोहन खड्काले खेलको ६, १६ र २९ मिनेटमा गोलगर्दै ह्याट्रिक गरेका थिएभने टिका थापाले २५ र ३७ मिनेटमा गोलगरेका थिएभने अरुण श्रीसले २७ र सुनिल श्रीसले ३५ मिनेटमा गोल गरेका थिए । ओयसिसका प्रविन श्रस्ले खेलको अन्तिम समय ६३ मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको उपाधिको लागि आईतबार दिउँसो १ बजे बाङ्गेचौर खेलमैदानमा फाईनल खेल हुने अमर आदर्श आवासिय माविका सहायक प्रिन्सिपल कमल पन्तले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने टिमले नगद ५ हजार प्राप्त गर्ने आयोजकले जनाएके छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।










