सिगाना माविमा हाजिर जवाफ

29

पवन खड्का
बागलुङ, ५ माघ
बागलुङ नगरपालिका ९ स्थित सिगाना माविमा शुक्रवार अन्तर प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बिद्यालयको शुक्रवारिय अतिरिक्त क्रियाकला अन्तरगत भएको प्रतियोगितामा ६ बिद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगितावाट ज्ञानकुञ्ज प्रावि बानपा ८ प्रथम, सिगाना मावि द्धितीय, बौडेचौर मावि सिगाना तृतीय र भैँनडाँडा आधारभुत बिद्यालयले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गोपालकुमार शर्मा, बिद्यालय व्यवस्थापन समितिका सदस्य रामबहादुर खड्का सुसेली र शिक्षक शान्ति खड्काले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम शिक्षक कविराज जिसीको अध्यक्षता, हस्तबहादुर खड्काको स्वागत र प्रजापति गौतमको संचालनमा सम्पन्न भएको थियो ।