धौलागिरीबाट प्रदेशसभामा समानुपातिकबाट ८ जना सांसद

59

बागलुङ, ४ माघ
समानुपातिकबाट प्रदेशसभामा निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकबाट सांसद भएकाहरुको नाम बिहिवार सार्वजनिक गरेको छ ।
सरकारले प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी टुंगो लगाएपछि आयोगले समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको होे ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अन्तरगत धौलागिरीवाट बिभिन्न पार्टीका गरि ८ जना समानुपातिकबाट प्रदेश साँसद भएका छन् ।
धौलागिरिमा नेकपा एमालेवाट बागलुङका सावित्री राना, मुस्ताङका चन्द्रमोहन गौचन, पर्वतवाट जुना नेपाली, नेपाली काँग्रेसवाट बागलुङका मणिभद्र शर्मा कँडेल, कोपिला बोहरा पर्वतका ललितकला गुरुङ समानुपातिक तर्फ प्रदेश साँसद हुनु भएको छ ।
त्यसैगरि नेकपा माओवादी केन्द्रवाट बागलुङका दिलमाया रोका गोतामे राष्ट्रिय जनमोर्चाबाट बागलुङका पियारी थापा सुप्रभा प्रदेश साँसद बन्नु भएको बताइएको छ ।