अर्जुन कार्की
बागलुङ, ३ माघ
अमर आदर्श आवासिय विद्यालय बागलुङको आयोजनामा बांगेचौर खेलमैदानमा जारी अमर आदर्श गोल्ड कप अन्तर (१०+२) पुरुष फुटबल प्रतियोगितामा समुह चरणका खेलहरु सम्पन्न भएका छन् । नकआउट चरणमा खेलाईएको खेलको दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।
बिहीबार भएको खेलमा मुलपानी मावि, भैरव मावि, विद्यामन्दिर मावि, फ्युचर मावि र आदर्श विद्यामन्दिर विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो खेलमा मुलपानी माविले कुडुले माविलाई ६–० गोलअन्तरले पराजित गर्दै मुलपानी क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
मुलपानीको जितको लागि सचिन केसीले ह्याट्रिक सहित ४ गोल गरेका थिए । पहिलो हाफको १०, १९ र ३१ मिनेटमा ह्याट्रिक पुरा गरेका केसीले खेलको ४० मिनेटमा चौथो गोल गरेका थिए । मुलपानीको जितको लागि खेलको ३१ मिनेटमा आशिक किसानले र ६० मिनेटमा सन्दिप किसानले गोल गरेका थिए ।
यस्तै दोस्रो खेलमा आयोजक टिम अमर आदर्श (रातो)लाई ०–३ गोलअन्तरले पराजित गर्दै भैरव मावि भकुण्डे विजयी भएको छ ।
भैरवको जितको लागि भरत थापाले ह्याट्रिक गरेका थिए । उनले खेलको १६, ५० र ६३ मिनेटमा गोल गरेका थिए । तेस्रो खेलमा विद्यामन्दिर माविले गल्कोट माविलाई ५–१ गोलअन्तरले पराजित गरेको छ ।
विद्यामिन्दरको जितको लागि खेलको १८, २७ र ५१ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेभने खेलको १० मिनेटमा मनोज क्षेत्री र ४२ मिनेटमा सुसान्त क्षत्रीले गोल गरेका थिए । गल्कोटको लागि एकमात्र गोल ३५ मिनेटमा अर्जुन भण्डारीले गरेका थिए ।
यस्तै चौथो खेलमा फ्युचर माविले भिमसेन माविलाई ६–२ गोलअन्तरले पराजित गरेको छ ।
फ्युचरको जितको लागि आशिक केसीले दोहोरो ह्याट्रिक पुरा गरेका थिए । खेल सुरु भएको १ मिनेटमा नै गोल गर्दै खाता खोलेका केसीले १९, ३०, ३२, ४८ र ५६ मिनेटमा गोल गरेका थिए । भिमसेनको लागि २२ र ४१ मिनेटमा निरज गौतमले गोल गरे ।
समुह चरणको अन्तिम खेलमा आदर्श विद्यामन्दिर माविले न्यू लाईफ बोडिङ्गलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।
आदर्शको जितको लागि मनुसन क्षेत्रीले ३ र ७ मिनेटमा गोल गरेभने रविन खड्काले ३८ मिनेटमा गोल गरेका थिए ।
७ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने टिमले नगद ५ हजार प्राप्त गर्ने आयोजकले जनाएके छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार कवाटरफाईनलका खेलहर हुनेछन् । शुक्रबारको पहिलो खेल न्यू ओयसिस मावि विरुद्ध विद्यामन्दिर मावि, दोस्रो खेल अमृत आदर्श मावि विरुद्ध आदर्श विद्यामन्दिर मावि, तेस्रो खेल अमर आदर्श मावि (ग्रिन) विरुद्ध मुलपानी मावि र चौथो खेल भैरव मावि विरुद्ध फ्युचर ब्राईटर मावि विच हुने अमर आदर्श आवासिय माविका सहायक प्रिन्सिपल कमल पन्तले जानकारी दिनुभयो ।