नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

95

बिक्रम सुनार
बागलुङ,०४ माघ ।
नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन हुनुभएको छ ।
बागलुङमा पहिलो पटक गठन भएको मुवाँ थाई संघमा लामिछानेको अध्यक्षतामा विहीवार बागलुङ ११ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा महेन्द्र खडका,सचिव हरि पौडेल र कोषाध्यक्षमा कामना पुन चयन हनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा अशोक थापा,जीन्दगी थापा,तुल बहादुर थापा, सुरज छन्त्याल, दिनेश श्रेष्ठ, निर्मल थापा र कमला कुँवर रहुनभएको छ ।
समिति गठनको उदघाटन समारोहमा बोल्दै जिल्ला खेलकुद विकास समितिका बागलुङका अध्यक्ष धनबहादुर परियारले जिल्लामा खेल क्षेत्रको विकासका लागि सम्वन्धित संगठनले क्रियाशिता देखाउनुपर्ने बताउनुभयो । जिल्लाको हकमा हाल सम्म २५ वटा खेलका संगठन भएतापनि निष्क्रिय भएकाले खेलाडी उत्पादन र खेलको विकास विस्तार हुन नसकेको बताउनुभयो ।
सोही अवसरमा नवनिर्वाचित अध्यक्ष लामिछानले जिल्लाम अन्य खेलका संगठनहरुले आशावादी मुलक कार्यक्रम नगरेको र निष्क्रिय रहेता पनि मुवाँ थाई संघलाई खेलाडी उत्पादन र खेल विस्तारका लागि आफु लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
सोही अवसरमा नेपाल मुवाँ थाई संघ केन्द्रिय उपाध्यक्ष दिपक गोदारले खेलको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल मुवाँ थाई संघ केन्द्रिय उपाध्यक्ष दिपक गोदारको अध्यक्षता, जिल्ला खेलकुद विकास समिति बागलुङका सदस्य सचिव भिमशेन शाक्यको संचालनमा सम्पन्न भएको थियो ।