जम्मदिनको अवसरमा आश्रमलाई खाद्य सामग्री वितरण

71

बागलुङ, ०३ माघ ।
युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा बागलुङको कालीगण्डकी नदी नजिकै रहेको निरयघाट स्थित रामानुजथ आश्रमलाई खाद्य सामग्री वितरण गर्नुभएको छ ।
आफ्नो २६ औं जन्मउत्सवको अवसरमा विभिन्न कारणले घर–परिवार देखि टाढा भई आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुको दैनिकीमा सहजता आउने भएकाले आश्रमलाई खाद्यसामग्री वितरण गरेको घर्तिले जानकारी दिनुभयो ।
पछिल्लो समयमा जन्मदिन विशेष खर्चिलोरुपमा मनाउने प्रचलन भएता पनि आफुले भने उनीहरुको दैनिकीमा सहजता ल्याउने उदेश्यले जन्मउत्सव खर्च कटौति गरि दैनिक खाद्य उपभोग्य वस्तु वितरण गरेको युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले जानकारी दिनुभयो ।
घर्तिले आश्रमकी पुरुषोत्तम आमालाई दैनिक उपभोग्य वस्तु चामल, दाल, चिनी, नुन, तेल, सावुन लगायतको सामग्री वितरण गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला सचिव लालबहादुर थापाले पछिल्लो समयमा जन्म उत्सव फजुल खर्च गरि मनाउनुभन्दा मानवीय र सामाजिक कार्यमा खर्चिनु सह्रानिय कार्य भएको बताउनुभयो ।
खाद्यन्न सामाग्री ग्रहण गरेपछि रामानुज आश्रमकी पुरुषोत्तम आमाले धन्यवाद गर्नुभएको कार्यक्रमको संचालन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला सचिव शिव शर्माले गर्नुभएको थियो ।