राष्ट्रिय उसु प्रतियोगिताको लागि बागलुङका चार जना खेलाडी छनौट

238

बागलुङ, ३ माघ
माघ १ र २ गते पोखरामा सम्पन्न प्रथम राखेप च्याम्पियनसिप प्रतियोगिता पश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा सहभागी बागलुङका पाँचमध्ये चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । सोमबार र मङ्गलबार भएको उसु प्रतियोगितामा अनुप खड्का, किरण घर्ति मगर, योगेन्द्र थापा र रेखा बोहरा प्रथम स्थान हासिल गर्दै छनौट भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पहिलो राखेप च्याम्पियनसिपका लागि जिल्ला उसु संघ बागलुङबाट सहभागी पाँचजना खेलाडीमध्ये ८० केजी तौल समुहका अनुप खड्का, ७५ केजी तौल समुहका किरण घर्ति मगर, ७० केजी तौल समुहमा योगेन्द्र थापा र ४८ केजी तौल समुहमा रेखा बोहरा प्रथम हुँदै छनौट भएका हुन भने एक जना द्धितिय भएको उसु बागलुङका प्रशिक्षक दिल बहादुर किसानले खबरवे अनलाईनलाई जानकारी दिनुभयो ।
छनौट भएका खेलाडीहरु बिहीबारदेखि पूर्वाञ्चलको इटहरीमा हुने प्रथम राखेप च्याम्पियनसिप अन्तर्गत उसु प्रतियोगितामा सहभागि हुनेछन् ।
उसुको राष्ट्रिय प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रको टोली बुधबार पोखराबाट इटहरी जाने भएको छ ।