विहुँमा माघे सक्रान्ती मेला

108

बागलुङ, ३ माघ
काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा विहानी युवा क्लब र मिलन महिला समुह विहुँको आयोजना गरिएको माघे सक्रान्ति मेलाको दोस्रो दिन भलिबल खेलहरु भएका छन् ।
मंगलबार भएका खेलहरुमा सृजना साँस्कृतिक परिवार र एलएनके क्लब विजयी भएका छन् । मंगलबारको पहिलो खेलमा सृजना साँस्कृतिक परिवारले विहानी युवा क्लबलाई पराजित ग¥योभने दोस्रो खेलमा एलएनके क्बलबले विहानी युवा क्लबलाई पराजित गरेको थियो ।
१८ टिमको सहभागिता रहेको प्रतियोगिताका बाँकी खेलहरु आज हुने विहानी युवा क्लबका सचिव भक्ता बहादुर पुनले जानकारी दिनुभयो ।
भलिबल खेलको उद्घाटान पछि बोल्दे काठेखोला गाउँपालिका–४ का वडा सदस्य रिम बहादुर पुनले पूर्वजहरुले मानिआएको साँस्कृतिक परम्परा आझेलमा परेको बताउँदै त्यसको संरक्षणको लागि अहिलेका युवाहरु लाग्नुपर्ने बताउनभएको थियो ।
विहानी युवा क्लबका अध्यक्ष कृष्ण बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत क्लबका सचिव भक्ता बहादुर पुन र संचालन सदसय भरत पुनले गर्नुभएको थियो । मेला माघ ५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।