जैमिनी मेलाको भलिबलको उपाधिको लागि आयोजक र जैदि भिड्दै

60

बागलुङ, २ माघ
साहरा क्लबले आयोजना गरेको माघेसक्रान्ति तथा जैमिनी मेलाको भलिबलको उपाधिको लागि आज जैदि र आयोजक साहरा क्लब कुश्मिसेरा विच फाईनल खेल हुने भएको छ ।
सोमबार भएको सेमिफाईनल खेलमा एमवाईसी सर्कुवालाई जैदिले २–३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने आयोजकले छिस्तीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै सेमिफाईनलमा पुगेका एमवाईसी सर्कुवा र जैदिले नगद १२–१२ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
पुस २७ देखि सुरु भएको मेला आज सम्पन्न हुँदै छ ।