बागलुङमा जिप दुर्घटनामा १ को मृत्यु, ३ घाइते

67

विमल खड्का
बुर्तिबाङ, माघ १ ।
सोमबार बिहान बागलुङको वडिगाड गाउपालिका वडा न १० गंगरेमा पिकअप जिप दुर्घटना भएको छ ।
बिहान बागलुङ गुल्मी र प्युठानको सिमाना गगरेबाट ना.अ.प. १०३८ नम्बरको नयाँ पिकअप सवार ४ जना सहित दर्लिङतर्फ आउँदै गर्दा बाटोमै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बडिगाड वडा नं.१० दर्लिङका अन्दाजी ३४ बर्षिय मेखबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ भनेअन्य ३ जना घाइते भएका छन् । घाइते हुनेमा वडिगाड ९ कि ४५ बर्षिय पुनम बुढा बडिगाड १० का बर्ष २६ का डिलेन्द्र बुढा र चालक प्युठान ५ अर्खाका जितेन्द्र राना रहेका छन ।
घाइते भएका तीनै जनालाई एम्बुलेन्सबाट उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिएका छन ।
पिकअप बिहान ५:३० बजे दुर्घटना भई सडक भन्दा १२ फिट तल खसेको बताएको छ ।
के कारण दुर्घटना भयो भन्ने प्रहरी अनुसन्धानपछि खुल्ने प्रहरीले जानकारी दिएको छ ।