विद्यालय स्तरिय जोखिम तथा क्षमता आकलन कार्यक्रम मुलपानीमा

73

बागलुङ, ३० पुस
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारमी सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत बिद्यालय स्तरिय जोखिम तथा क्षमता आकलन कार्यक्रम बागलुङ नगरपालिका वडा नंः ७ को मुलपानी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालय तथा समुदायमा हुने प्रकोपहरुबाट हुने क्षती कम गर्न तथा पुर्वतयारीमा रहन यो कार्यशाला प्रभावकारि रहेकाले समुदाय स्तरमा पनि यसको सिकाइ बिस्तार गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयको संकटासन्नता तथा छमता को आकलन गरी प्रकोप पात्रो विद्यालयको आधार नक्शाङ‌कन निर्माण गरि सुरक्षित स्थानको पहिचान तथा विद्यालय सुरक्षा योजना निर्माण गरिएको थियो ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका फिल्ड सुपरभाइजर रण बहादुर थापाले सहजीकरण गर्नुभएको तालिमको सन्चालन शिक्षक शिव प्रसाद गौतम, स्वागत विद्यालयका निमित्त प्रधानाध्यापक नेत्रराज सिलवाल र अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री बहादुर केसीले गर्नुभएको थियो । साथै २० औं राष्ट्रिय भुकम्प सुरक्षा दिबस माघ २ गते परियोजना सन्चालित ४० विद्यालयमा भुकम्प सम्बन्धी नमुना अभ्यास गरेर मनाउने तयारी गरिरहेको छ ।