जिल्ला फुटलब संघ बागलुङको अध्यक्षमा पुनः गुरुङ

129

बागलुङ, ३० पुस
जिल्ला फुटलब संघ बागलुङको अध्यक्षमा पुनः रामराज गुरुङ निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा पुनः गुरुङलाई अध्यक्षमा चयन गरेहो हो ।
अधिवेशनले उपाध्यक्षहरुमा टक बहादुर बोहोरा, विकास थापा र रेशम गोतामेलाई चयन गरेको छ । यस्तै महासचिवमा जयराज भण्डारी, कोषाध्यक्षमा सुर्य लामिछाने, महिला सदस्यमा रुविना श्रेष्ठ थापा र सदस्यहरुमा लोक बहादुर खड्का, राजकुमार बोसेल, राजकुमार शर्मा, भानु आचार्य, प्रकाश शर्मा, राहुल बोहोरा, मनिष रायमाझी र सुरज खड्कालाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन संयोजक संजिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिकाका उपमेयर सुर्यन्द्र खड्काले फुटबलले सवै नागरिकहरुलाई एक जुट बनाएको र अन्तराष्ट्रिय रुपमा पनि नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले जिल्लाबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नको लागि जिल्ला फुटबलसंघलाई आफुहरुले सधैं साथ दिने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव गणेश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियार र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्लाबाट नेपालको अन्डर १६ टिममा परी खेलेका प्रमल थापा र कमल थापा तथा एन्फा एकेडेमिमा समावेश भई हाल विभिन्न खेलहरु खेली रहेका आशिष केसी, निशान थाापा र अभिशेक थापालाई नगद १ हजारका दरले सम्मान गरिएको थियो ।
जिल्ला फुटलब संघ बागलुङका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको स्वागत उपाध्यक्ष टक बहादुर बोहोरा र संचालन महासचिव जय राजभण्डारीले गर्नुभएको थियो ।
यस्तै जिल्ला फुटबल संघले नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि नगद ५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । उक्त रकम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई जिल्ला फुटबल संघका अध्यक्ष गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।