
म्याग्दी, २७ पुस
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन हुन गैरहेको छैटौं म्याग्दी महोत्सव तथा माघेसक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
भोलीदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आर्थिक सहयोग, प्रचारप्रसार, स्टल, खेलकुद प्रतियोगिता, टिकट विक्री, मञ्च, एतिहाँसिक फोटो प्रर्दशनी, बजार सज्जा लगाएत महोत्सवमा आवश्यक तयारी पुरा भएको संघका अध्यक्ष एवम् मुल संयोजक उत्तम कुमार कर्माचार्यले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले दिवस ठिक १ बजे खुल्ला मंचमा उद्घाटन गर्नुहुने महोत्वसको सम्पुर्ण तयारी पुरा भएको कर्माचार्यले जानकारी दिनुभयो ।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा प्रदेशस्तरमा उत्पादन हुने बस्तुको विक्रीका साथै जिल्लाभित्र रहेका स्थानीय तहका उत्पादन, महिला उद्यमीलाई समेत निशुल्क स्टलको सुविधा रहेको छ ।
तीनबर्षमा हुने महोत्सवमा कृषि उपज, पर्यटन र जडिबुटीलाई मुख्य प्राथमिकता दिइने भएको छ । कृषि, पर्यटन र जडिबुटीको प्रचुर सम्भावना रहेको म्याग्दीमा महोत्सव मार्फत बजारीकरण र लगानीको वातावरण बनाउन सहज हुने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लाको अति गिूर्जामा रहेको चिप्लो तथा रुमको स्लेट ढुङ्गा, राखुको खरी, अल्लो पुवा र यसबाट उत्पादित सामाग्री महोत्सवका लागि तयारी अवस्थामा रहेको छ ।
कालीगण्डकी नदीमा जलेश्वरदेखि म्याग्दीकालीको दोभानसम्म ¥याफ्टिङ सञ्चालन गरिने छ । महोत्सव स्थलमा १ सय ८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहने कोषाध्यक्ष अमित बानियाँले बताउनुभयो । महोत्सवमा करिव १ करोड आर्थिक सहयोग जुट्ने लक्ष्य राखिएको छ ।
३० लाखको टिकट विक्रीका साथै स्टल बुकिङ्ग र प्रायोजकबाट प्राप्त भइरहेको सहयोगले समेत सहज भएको बताउनुभयो । १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भित्राउने लक्ष्य राखिएको छभने करिब ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका वस्तु तथा सेवाहरुको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकनृत्य लगायत प्रतियोगिता रहेका छन् ।
यस्तै लोक दोहोरीगीत प्रतियोगिता, लाईभ दोहोरी कार्यक्रम, बालउद्यान, चिडियाघर, रमाइलो मेला, स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साङ्गीतिक एवं सांस्कृतिक र प्रहशन प्रस्तुत, परम्परागत स्थानीय कला र संस्कृतिको प्रदर्शन र प्रस्तुती लगायत रहेको छ । महोत्सवमा आउने आन्तरिक पर्यटकलाई बेनी नगरपालिका सहित जिल्लाका पाँचवटा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु सम्म पुग्ने आवश्यक सहयोग गरिने संघले जनाएको छ ।










