
बागलुङ, २७ पुस
आदर्श नमुना बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको सातौं वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन समारोहमा बोल्दै संस्थाका सल्लाहकार बालकृष्ण सापकोटाले सहकारीहरुले आफ्नो उद्देश्य अनुरुपको काम गर्नुपर्ने बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारीले गर्दा अहिले धेरैको दैनिक जिवनमा ठूलो सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा कानुनी सल्लाहकार याम बहादुर चर्मकार, इन्द्र शर्मा, जिवननाथ शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा संस्थाका सचिव राजकुमार पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष धनराज गौतमले आर्थिक प्रतिवेदन र लेखासमिति संयोजक धन बहादुर कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष तुल्सीराम गौतमको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत पूर्व कार्यसमिति सदस्य प्रेम बहादुर केसी र संचालन सचिव राजकुमार पौडेलले गर्नुभएको थियो ।










