
बागलुङ, २६ पुस ।
बागलुङ नगरपालिका ३ को कालिका कन्या मन्दीर माविमा विद्यालय स्तरीय जोखिम तथा क्षमता विश्लेषण कार्यशाला सम्पन्न भएको छ ।
बागलुङमा संचालित विद्यालय सुरक्षा तथा विपद् जोखिम न्युनिकरण परियोजना अन्र्तगत कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा संकटासन्नता तथा क्षमता आकलनका विषयमा गाजा डेभलपमेण्ट फाउडेशनका फिल्स सुपरभाईजर वलराम पौडेलल सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा विपद जोखिम न्युनिकरण गर्न योजना निर्माण , विद्यालयको नक्साङक गरिएको थियो ।
विद्यालयका प्रअ धनराज सापकोटाको अध्यक्षतामा भएको कायईक्रममा वोल्ने वक्तहरुले प्रकृतिकरुपमा आईपर्ने विपदमा क्षेती कम गर्न सवै सचेत हुनुपर्ने वताएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्वस्थापन समितिका सदस्य लक्ष्मी श्रेष्ठ,प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत कपिल शिलवाल,गाजा डेभलपमेण्ट फाउण्डेशनका कार्यक्रम व्यवस्थापक सुर्यप्रसाद कडेल , शिक्षक फडिन्द्र आचार्य, विद्यार्थी विमल थापा लगाएतले वोल्नु भएको थियो ।
सो कार्यक्रमको संचालन विपद सम्पर्क शिक्षक हुमा रिजालले गर्नु भएको गाजा डेभलपमेण्ट फाउडेशनका फिल्स सुपरभाईजर हिमा काउचा पुनले जानकारी दिनु भयो ।
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसको साझेदारीमा जिल्लामा परियोजना संचालन भईरहेको छ ।










