बागलुङ, २४ पुस
पतञ्जली योग केन्द्र बागलुङको शनिबार दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले पुरुष ११ र महिला ९ र युवा ९ जनाको समिति गठन गरेको छ ।
पुरुष तर्फ समितिको अध्यक्षमा हिरा बहादुर केसी, उपाध्यक्षमा गणेश कुमार श्रेष्ठ, सचिवमा हरि प्रसाद उपाध्याय, सह–सचिवमा धन बहादुर कार्की र कोषाध्यक्षमा दुर्वलकाजी राजभण्डारीलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा रमेश कुमार श्रेष्ठ, सुमन प्रधान, पवन कुमार श्रेष्ठ, अम्मर बहादुर कार्की, आन्नद विकास श्रेष्ठ र राज थापा रहनुभएको छ ।
यस्तै महिला तर्फको अध्यक्षमा किरणभान श्रेष्ठ, उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा पार्वती शर्मा, सहसचिवमा इन्दिरा श्रेष्ठ, र कोषाध्यक्षमा सिता कँडेल रहनुभएकोछभने सदस्यहरुमा दिपिका श्रेष्ठ, ज्योति शाक्य, मनिसा शाक्य र प्रतिमा राजभण्डारी रहनुभएको छ ।
यस्तै धन बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्य युवा समितिमा गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा राज थापा, सचिवमा राजन प्रसाद शर्मा, सहसचिवमा पार्वती शर्मा, कोषाध्यक्षमा लक्ष्मी खड्का र सदस्यहरुमा दिपा खड्का, ज्योती शाक्य, सुमन प्रधान र भुपेन्द्र खड्का रहनुभएको छ ।
समितिे २०६४ सालदेखि राधाकृष्ण मन्दिरको सभाहलमा नियमित योग संचालन गरिरहेको छ ।










