महिला भलिबलको उपाधि दर्शन ट्रान्सपोटलाई

अर्जुन कार्की
बागलुङ, २१ पुस
बागलुङमा जारी पाँचौं बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला महिला भलिबलको उपाधि दर्शन ट्रान्सपोटले जितेको छ ।
शुक्रबार भएको फाईनल खेलमा नेपाल खेलकुद महासंघ बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै दर्शनले उपाधि जितेको हो ।
दर्शनले खेलकुद महासंघलाई लगातार २५–१२, २५–१३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय खेलाडीहरुको बहुल्यता रहेको दर्शनमा मञ्जु गुरुङ, रमिला तन्डुकार, कृपा अधिकारी, अरुणा शाही ठकुरी लगायतका खेलाडीहरु रहेका थिए । यस्तै खेलकुद महासंघमा शसस्त्र प्रहरीकी निशाना बडाल लगायत जावलाखेल भलिबल ट्रेनिङ सेन्टरका खेलाडीहरु रहेका थिए ।


प्रतियोगितामा उपाधि चुमेको दर्शन ट्रान्सपोर्टले ट्रफि सहित नगद ७४ हजार ४४ रुपैयाँ प्राप्त ग¥योभने उपविजेतामा चित्त बुजाएको नेपाल खेलकुद महासंघले ट्रफि सहित ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । यस्तै गल्कोट नगरपालिकालाई पराजित गर्दै तृतीय भएको वाईसीएल बागलुङले ट्रफि सहित नगद २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । दर्शन ट्रान्सपोटकी स्पाइकर रमिला तन्डुकार प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरिन ।