
अर्जुन कार्की
बागलुङ, २० पुस
पाँचौं बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला महिला भलिबलको उपाधिको लागि आज (बिहीबार दर्शन ट्रान्सपोट र नेपाल खेलकुद महासंघ बागलुङ भिड्ने भएका छन् ।
आज विहान भएको दोस्रो सेमिफाईनल खेलमा असारे बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै दर्शन ट्रान्सपोट फाईनलमा प्रवेश गरेको हो । यस्तै खेलकुद महासंघ भने बुधबार भएको पहिलो सेमिफाईनलमा गल्कोट नगरपालिकालाई पराजित गर्दै फाईनलमा प्रवेश गरिसकेको छ ।
फाईनल पुगेका दुवै टोलीमा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेकाले खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ । दर्शन ट्रान्सपोटमा नेपाल राष्ट्रिय टिमका खेलाडीहरु रमिला तन्डुकार, अरुणा शाही तथा न्यू डायमण्डका समेत खेलाडी रहेका छन्भने खेलकुद महासंघमा शष्सत्र प्रहरी तथा काठमाडौंको जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रका खेलाडीहरु रहेकाले उपधि कसले कब्जा गर्छ भनेर भन्न सकिन अवस्था छैन ।
फाईनल खेल शुक्रबार विहान हुने उपसमितिका सदस्य सन्दिप पन्तले जानकारी दिनुभयो ।
महिला भलिबलको विजेताले ७४ हजार ४ सय ४४, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।










