
बागलुङ, १९ पुस
बागलुङ महोत्सवमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको नेपाल खेलकुद महासंघ बागलुङ फाईनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) भएको पहिलो सेमिफाईनल खेलमा गल्कोट नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै खेलकुद महासंघ फाईनलमा प्रवेश गरेको हो । खेलकुद महासंघले गल्कोट नगरपालिकालाई २५–८, २५–११ र २५–१४ को सेट अन्तरले पराजित गरेको थियो ।
यस्तै बुधबार नै भएको समुह चरणको खेल अन्तरगत असारे बागलुङले म्याग्दीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
असारे बागलुङले बिहीबार दोस्रो सेमिफाईनलमा दर्शन ट्रान्सपोटसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै आजै भएको पुरुष तर्फको अन्तिम क्वाटरफाईनल खेलमा गल्कोट नगरपालिकाले अमर आदर्शलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । पुरुष तर्फका सेमिफाईनल खेल भोली हुने छ ।










