महिला भलिबलको सेमिफाईनल आज

अर्जुन कार्की
बागलुङ, १९ पुस
बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला महिला भलिबलको सेमिफाईनलका खेलहरु आज हुँदैछन् ।
६ टिमले सहभागिता जनाएको प्रतियोगितामा मंगलबार समुह चरणको पहिलो खेलमा गल्कोट नगरपालिकाले आदीबासी जनजाती महासंघलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरि सकेको छ । यस्तै आज (बुधबार) पोल ‘वि’ को पहिलो खेल म्याग्दी विरुद्ध असारे मेला विच हुनेछ । यस्तै दोस्रो खेलमा पहिलो सेमिफाईनल गल्कोट नगरपालिका विरुद्ध नेपाल खेलकुद महासंघ र दोस्रो सेमिफाईनल खेल म्याग्दी र असारेको विजेता र दर्शन ट्रान्सपोट विरुद्ध हुने भलिबल उपसमितिका सदस्य सन्दिप पन्तले जानकारी दिनुभयो ।
महिला भलिबलमा दर्शन ट्रान्पोटबाट नेपाल राष्ट्रिय टिमकी खेलाडी रमिला तन्डुकार लगायतका खेलाडीहरु रहेका छन्भने नेपाल खेलकुद महासंघमा काँठमाडौंको जाउलाखेल क्लबका खेलाडीहरुको सहभागिता रहेकाले प्रतियोगिता रोमाञ्चक हुने आकलन गरिएको छ ।
यस्तै पुरुष भलिबल अन्तरगत छन्त्याल कन्ट्रक्सन, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र नेपाली सेनाको २३ नम्बर बाहिनी सेमिफाईनलमा प्रवेश गरिसकेका छन् ।
मंगलबार भएको समुह चरणका खेलहरुमा अमर आदर्शले नेविसंघ निसीखोलालाई ३–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको थियोभने विनामारे युवा क्लबले शेखर होटललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो यस्तै समुह चरणको अन्तिम खेलमा न्यू जेनेरेशन सिगानाले मुलपानी खेलकुद विकास समितिलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
यस्तै मंगलबार नै भएको पहिलो क्वाटर फाईलन खेलमा छन्त्याल कन्ट्रक्सनले काठेखोला गाउँपालिकालाई ३–१ को सेटमा पराजित ग¥योभने पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले विनामारे युवा क्लबलाई ३–१ को सेटमा र २३ नम्बर बाहिनीले न्यू जेनेरेशन सिगानालाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेका छन् । आज (बुधबार) पुरुष भलिबलको अन्तिम क्वाटर फाईनल खेल गल्कोट नगरपालिका विरुद्ध अमर आदर्श विच हुनेछ । यस्तै पुरुष भलिबलका सेमिफाईनलका खेलहरु बिहीबार हुने आयोजकले जनाएको छ ।
पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । यस्तै महिला भलिबलको विजेताले ७४ हजार ४ सय ४४, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।