बागलुङ, १७ पुस
बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबलमा दोस्रो दिन ५ खेल सम्पन्न भएका छन् ।
१४ गतेदेखि सुरुवात भएको पाँचौं बागलुङ महोत्सवको तेस्रो दिनबाट सुरुवात गरिएको पुरुष भलिबलमा आज पश्चिमाञचल क्षेत्रिय भलिबल संघले न्यू जेनेरेशन युवा क्लब सिगाना र मुलपानी खेलकुद विकास समितिलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको छ । पश्चिमाञ्चलले सिगानालाई ३–० र मुलपानी पनि ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । यस्तै आईतबार नेविसंघ निसीलाई पराजित गरेको काठेखोला गाउँपालिकाले आज अमर आदर्शलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । काठेखोलाले अमर आदर्शलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
यस्तै पहिलो दिन विनामारे युवा क्लबलाई पराजित गरेको नेपाल आर्मिको २३ नम्बर बाहिनीले आज शेखर होटल बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । आजै भएको चौथो खेलमा गल्कोट नगरपालिकाले छन्त्याल कन्ट्रक्सनलाई ३–१ सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । गल्कोटले पहिलो दिन बाङ्गेचौर संघलाई पराजित गरेको थियो ।
१२ टिम रहेको खुल्ला पुरुष भलिबलमा भोली (मंगलबार) समुह चरणको ४ खेल र क्वाटरफाईनलका खेलहरु हुने भलिबल उपसमितिका सदस्य सन्दिप पन्तले जानकारी दिनुभयो ।
सोमबारको पहिलो खेल समुह चरण अन्तरगतको नेविसंघ निसीखोला र अमर आदर्श, दोस्रो खेल विनामारे युवा क्लब विरुद्ध शेखर होटल, तेस्रो खेल बाङ्गेचौर संघ विरुद्ध छन्त्याल कन्ट्रक्सन र चौथो खेल न्यू जेनेरेशन युवा क्लब सिगाना विरुद्ध मुलपानी खेलकुद विकास समितिका विच हुनेछ । समुह चरणका खेलपछि क्वाटरफाईनलका केही खेल हुने सदस्य पन्तले जानकारी दिनुभयो ।
यस्तै सोमबारबाट हुने भनिएको महिला भलिबल खेल मंगलबारबाट हुने भएको छ । महिला भलिबल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । खुल्ला महिला भलिबलमा ६ टिमको सहभागिता रहेको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । यस्तै महिला भलिबलको विजेताले ७४ हजार ४ सय ४४, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।










