
बागलुङ, १५ पुस
डम्डारेखोला सामुदायिक वन उपभोक्त समुह काठेखोला गाउँपालिका वार्ड नम्बर २ भीमापोखरा दपासाको वार्षिक साधारणसभा एवं सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका प्रमुख अम्मर बहादुर थापाले आफुहरुले समय अनुसार काम गर्नसकेमा मात्र समाज रुपान्तरण गर्न सकिने बताउनुभएको थियो । थापाले सामुदायिक वन समुदायको बन भएकाले सवैले आफ्नो बनको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले हरियो बन नेपाली धन भन्ने देशकै नारा रहेकाले सामुदायिक वनबाट समुदायलाई फाईदा हुने भएकाले नै सामुदायिक वनको रक्षा गरी त्यहाँ धेरै प्रकारका जडिबुटिहरु संकलन गरी समाजको विकास गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा काठेखोला गाउँपालिका वार्ड नम्बर २ का वार्डअध्यक्ष विधापति शर्मा, वार्ड नम्बर ६ का वार्डअध्यक्ष युक्त प्रसाद कंडेल, ७ का वार्ड अध्यक्ष प्रेम लामिछाने, जनप्रिय आधारभुत विद्यालयका अध्यक्ष गणेश बहादुर भण्डारी, जलजला बाराल्ला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम प्रसाद गौतम र स्थानिय तोरणध्वज मल्लले आफ्नो भनाई व्यक्त गरेका थिए ।
वन उपभोक्ता समुदायका अध्यक्ष गंगा बहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष शिवालल चपाई र संचालन सचिव तुलसी भण्डारीले गर्नुभएको थियो ।
वन उपभोक्त समुहले सामुदायिक वनलाई सहयोग पु¥याएको भन्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर थापा, २ अध्यक्ष विद्यापति शर्मा, ६ का अध्यक्ष युक्त प्रसाद कंडेल, ७ का अध्यक्ष प्रेम लामिछाने, २ की वार्ड सदस्य लक्ष्मी मल्ल र जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मदन कंडेललाई सम्मान गरेको थियो । यस्तै सामुदायिक वनले ७० वर्षभन्दा माथिका १४ जना उपभोक्ताहरुलाई सम्मान गरेको थियो ।










