
बागलुङ, १४ पुस
बागलुङ सदरमुकाममा शुक्रबारदेखी पाँचौ बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला शुरु भएको छ ।
बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुस २३ गते सम्म धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने महोत्सवको उद्घाटन गैराआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उद्घाटन गरेका थिए ।
उद्घाटन पछि बोल्दै अध्यक्ष भट्टले लगानी मैत्री बातावरण र आर्थिक विकासको लागि स्थितर सरकार अनिर्वाय भएको बताएका थिए । राजनीतिक अस्थीरताकै कारणले नेपालमा वैदेशिक लगानी सोचे अनुरुप हुन नसकेको बताउँदै नयाँ सरकारले दुई छिमेकी देशसँगै अन्य थप देशका राष्ट्रप्रमुखलाई नेपालमा भ्रमण गराई लगानी मैत्री बातावरण सिर्जना गर्नुपर्नेमा जोडदिए ।
१ सय ८२ वटा स्टल राखिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, बिभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, ७५ हजार राशीको खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको खुल्ला पुरुष भलिबल, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्धारा सांगितिक कार्यक्रम, डिजे लाइभ कन्सर्ट, लाइट हेलीबाट पर्यटकीय स्थलहरुको अवलोकन, ऊट नाँच मुख्य आकर्षणको रुपमा राखिएको छ ।
करिब ८० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा १ करोड बराबरको आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको अध्यक्ष भारीले बताए । महोत्सवमा १० करोड भन्दा बढीको कारोवार हुने अनुमान गरिएको छ ।
यसपालिकाको महोत्सवमा नयाँ बिशेष अभियानको रुपमा महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सदरमुकाम नजिकै रहेको प्रसिद्ध कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, होम–स्टे गाउँ भकुण्डे लगायतका पर्यटकीय सम्भावना बोकेका स्थानमा सहज र सुलभ रुपमा घुम्ने घुमाउने व्यवस्था पनि गरिएको छ ।
बिगतका बर्षमा बागलुङको प्रसिद्ध पर्व चैत्राष्टमी मेलाको समयमा हुदै आएको महोत्सब यो बर्षदेखि पहिलो पटक पुस महिनामा आयोजना गरिएको हो । महोत्सवलाई प्रभु बैंकले मुख्य प्रायोजन र आइएमई गुप्रले सह–प्रायोजन गरेको छ ।
बागलुङ उद्योग बाणिज्य सघं मुख्य आयोजक रहेको महोत्सवमा जिल्लाका १० वटै स्थानीय तह, कालिका भगवति गुठी, धौलागिरी अञ्चल बस व्यवसायि समिति र सम्पूर्ण बस्तुगत सघंलाई सह–आयोजकको रुमपा राखिएको छ ।










