
बागलुङ, ११ पुस ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको संयोजनमा वडा स्तरीय विपत व्यवस्थान समिति गठनलाई तिव्रता दिइएको छ ।
समिति गठनको क्रममा मंगलबार साविकको बागलुङ नगरपालिका वार्ड नम्वर ६ मा खजराज पाण्डेको संयोजकत्वमा १७ सदस्यीय विपत व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सचिवमा युगेन्द्रप्रसाद खनाल, कोषाध्यक्ष देविमाया विक चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा स्वास्थ्य चौकी प्रतिनिधि सोमराज पाण्डे, भुपु शैनिक प्रतिनिधि कृष्णबहादुर केसी, उप–शाखा प्रतिनिधि हरिराज पाण्डे, क्याड्रे प्रथम उद्धार कर्ता शसिधर शर्मा, दिपक केसी, उपेन्द्र गैरै, टिकाकुमारी क्षेत्री, रुपा किसान, सामाजसेवी कृष्णप्रसाद शर्मा, शिक्षक प्रतिनिधि नारायण प्रसाद गौतम, यम नारायण जैसि ,महेन्द्र कुमार विक, उमा परियार, सारधादेवी शर्मा रहनुभएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका विपत व्यवस्थापन समिति कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका उप–सभापति राजेन्द्र आचार्यले समुदायमा हुने प्राकृतिक विपतलाई न्युनिकरण हुने गरि कार्य गर्न आग्रह गर्नुभयो । साथै नव गठित समितिलाई उहाँले साजाजिक क्षेत्रमा क्रियाशिल हुन समेत अनुरोध गर्नुभयो ।
सोही अवसरमा नव गठितका संयोजक तथा बानपा ७ का वार्ड अध्यक्ष खगराज पाण्डेले जोखिम न्युनिकरणमा तत्पर रहने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका विपत व्यवस्थापन समिति कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा उद्धार तालिम प्राप्त दिपक केसीले सामाग्री प्रदर्शन गर्नुभएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी ढिकीचौर उपशाखा सभापति होमनाथ गौतमको अध्यक्षता, उपसभापति लोक नाथ गौतम तथा कोषाध्यक्ष यमप्रसद शर्माको स्वागत र सचिव हरिराज पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
साथै रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङले हालसम्म साविकका छिस्ती, सिगाना, रेश, लेखानी, रायडाँडा लगायतको गाविसमा वडा स्तरीय विपत व्यवस्थापन समिति गठन गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका विपत व्यवस्थापन समिति कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले जानकारी दिनुभयो ।










