
बागलुङ, ११ पुस
बागलुङ महोत्सब २०७४ को तयारी तिब्र गतिमा भैरहेको छ । पुस १४ गतेदेखि २३ गतेसम्म हुने बागलुङ महोत्सब लाई भब्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि सबै काम अन्तिम चरणमा पुगेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए ।
कला संस्कृतिको संरक्षण कृषि पर्यटन उद्योग तथा ब्यापारको प्रबर्द्धन भन्ने मुल नारासाथ पाँचौ बागलुङ महोत्सब गर्न लागेको अध्यक्ष भारीले बताए ।
पुस १४ गते देखि शुरू हुने महोत्सबको एन आर एनका अध्यक्ष भबन भट्टको प्रमुख अतिथ्थमा गर्न लागेको बागलुङ महोत्सब मुल आयोजक बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ ।
१८२ वटा विभिन्न ब्यापारी स्टल खेल मनोरन्जन उmँट नाँचबाट महोत्सबलाई थप आकर्षण गर्ने अपेक्षा गरिएको बागलुङ महोत्सब प्रचारप्रसार उपसमितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए । चर्चित राष्ट्रिय कलाकार हाँस्य कलाकारको प्रस्तुति रहने अङ्ग्रेजी नयाँ बर्ष २०१८ को अबसरमा समेत साङ्गेतिक कार्यक्र बाट मनोरन्जन दिने संयोजक राजभण्डारीले बताए ।










