बागलुङमा खानेपानीको मुहान विवाद हुँदा २ हजार मिटर पाईपको सयौ टुक्रा

सुभाष आचार्य
बागलुङ, ९ पुस
बागलुङ नगरपालिका वडा नम्वर ४ र ५ को सिमाना भएर वग्ने पाग्रेखोला स्थित भुतेको छहरो पानी विवादले उग्ररुप लिन थालेको छ ।
बागलुङ नगरपालिका ४ कुडुुले छापका १ सय ९ परिवार र बागलुङ नगरपालिका ५ वान्द्रेका करिव १ दर्जन घर परिवारलाई खानेपानीको आपुर्तिको लागी पाईप गाडे पछि र बानपा ४ फेदीका स्थानिय विच विवाद भएको हो ।
फेदीका स्थानियले परापुर्वकालदेखी सिचाईमा प्रयोग गर्दे आएको पानी अन्यत्र लैजान नहुने भन्दै विरोध गरेका हुनभने छाप र वान्द्रका स्थानियले आफुहरु एउटै वडाको वासिन्दा भएको तथा पहिदेखीनै प्रयोग गर्दे आएको पानी प्रयोग गर्न आफुहरुको समान हैसियत भएको अडान लिदै आएका छन् ।
स्थानिय विच विवाद भएपछि बागलुङ नगरपालिकाको न्यायिक समितिको रोहोवरमा छलफभए अनुसार खानेपानीनिका लागी शुक्रवार गाढिएको १५ सयम मिटर पाईप राती काटिएपछि विवादले उग्ररुप लिएको छ । न्यायिक समितिको निर्णय अनुसार गाडिएको पाईप फेदीका स्थानियले रातारात टुक्रा टुक्रा पारेर अमानविय व्यवहार देखाएको खानेपानी उपभोक्ता समिति वानपा ४ कुडुलेका अध्यक्ष विवेक हमालले आरोप लगाउनुभयो ।
यता फेदीवासीले आफुहरुले पहिले देखि प्रयोग गर्दे आएको पानी अन्यत्रै लैजादा अपुग हुने भएकोले आफुहरुलेनै प्रयोग गर्न पाउनुपर्ने अढान लिएका छन् । यस अघि आफुहरुले पटक पटक विरोध जनाएपनि विरोधको सुनुवाई नभएकोले पाईप निकालेको वताएका छन् ।


सो पानीको मुहानको विषयमा यस अघि अदालतमा समेत मुद्धा परि फैसाल भएको स्थानियले वताएका छन् ।
यस्तै बागलुङ नगरपालिका ५ तल्लो वान्द्रेका स्थानियले समेत आफुहरुले खानेपानीको लागी हालेको पाईप फेदीका स्थानियले पटक पटक काट्ने तथा फाल्ने काम गरेको रुद्रप्रसाद शर्माले बताउनुभयो ।
लामो समय देखि विवादित विषय समाधान गर्न गठित विवाद समाधान समितिले तत्कलको लागी खोलावाट २५ एम एमको पाईमा छापामा र १६ एम एमको पाईप मार्फत वानपा ५ को वान्द्रेमा खानेपानी लाने निर्याण गरेको थियो ।
विवाध समाधानको लागी वडा नम्वर ४ का वडा अध्यक्ष धुर्ववहादुर केसी संयोजकत्वको समितिले विवाद समाधनाको प्रयास गरिरहेको अध्यक्ष केसीले बताउनुभयो ।
पानीको समस्या भएको स्थानमा खानेपानी पु¥याउने नगरपालिकाको कर्तव्य भएकोले नगरपालीकाले गरेको निर्यण कार्यन्वयन हुनुपर्ने बागलुङ नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक सुरेन्द्र खड्काले बताउनुभयो ।