विवाईसीको २६ औं साधारणसभा, पत्रकार महासंघलाई ५ हजार ५ सय सहयोग

बागलुङ, ९ पुस
भीमापोखरा युवा क्लब विवाईसी बागलुङको २६ औं वार्षिक साधारणसभा तथा ३२ औं स्थापना दिवस आईतबार एक कार्यक्रम गरी मनाईएको छ ।
साधारणसभाको उद्घाटन पछि बोल्दै प्रतिनिधिसभा सांसद सुर्यप्रसाद पाठकले समाजमा पुगि काम गर्ने गैरसरकारी संस्थालाई सम्मान र काम नगरी डलरको खेती गर्नेलाई कारवाही गरिने बताउनुभएको छ । पाठकले गैरसरकारी संस्थाले डलरको खेती गरिएको भन्ने कुरामा काम नगरी देशको अवस्थाको चित्रण गर्दै पैसा कमाउने उद्देश्यले संचालित गैरसकारी संस्थालाई भनिएको बताउँदै त्यस्ता संस्थाहरुलाई अब कारवाही गरिने बताउनुभएको छ ।
उहाँले भन्नुभयो काम नगर्ने संस्थाले गर्दा समाज परिवर्तनमा सहयोग पु¥याउने गैरसरकारी संस्थाहरुको समेत बदनाम हुन पुगेको छ, त्यसैले अब काम गर्नेलाई सम्मान र नगर्नेलाई कारवाही गरिने छ । पाठकले अब कानुन बनाउँदा लामो समयसम्म गैरसरकारी संस्थामा काम गरेका र समाज रुपान्तरणमा सहयोग गरेका व्यक्तिहरुको सल्लाहमा बनाईने र गाउँ समुदायमा गई जनताहरुलाई आत्मनिर्भर गराउँन सहयोग पु¥याउने संस्थाहरुलाई सहयोग पुग्ने गरी बनाइने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले आईएनजिओ र एनजिओको भेद छुटाउनुपर्ने र काम गर्ने गैससलाई प्रोत्साहन गर्दे उत्पादनशिल क्षेत्रमा सहयोग पु¥याएने बताउनुभयो ।
साधारणसभाको उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, जिल्ला समन्वय समिति बागलुङका स्थानिय विकास अधिकारी रामप्रसाद आचार्य, काठेखोला गाउँपालिकाका प्रमुख अमर थापा, काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्मा, भिएसओ नेपालका कार्यक्रम अधिकृत अमिना अधिकारी, विवाईसी बागलुङका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, धौलागिरी बहुमुखी क्याम्पस प्रध्यापक संघका सभापति डिल्लीराज गौतम, धौलागिरी अञ्चल अस्पताल सामाजिक सेवा ईकाईका ईन्चार्ज तिर्थ गौतम, पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र डिसिआरडिसी बागलुङका अध्यक्ष ईश्वरलाल राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाले आजिवन सदस्य रहनुभएका इन्द्रलाल सापकोटा प्रदेशसभा सभासदमा, निर्वतमान अध्यक्ष अमर थापा काठेखोला गाउँपालिकाका अध्यक्षमा, आजिवन सदस्य जनकराज गौतम बागलुङ नगरपालिकाका प्रमुखमा, कार्यसमिति सदस्य विद्यापति शर्मा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको वडाअध्यक्षमा र आजिवन सदस्य युक्तप्रसाद कंडेल काठेखोला–६ विहुँको वडाअध्यक्षमा विजयी हुनुभएकोमा सम्मान गरेको थियो । उक्त अवसरमा संस्थामा रहि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कर्मचारीहरु चुडामणि उपाध्याय, सिर्जना कार्की र प्रेमबहादुर थापालाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
संस्थाका सचिव तोयानाथ गौतमले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारणसभाले पास गरेको संस्थाले जनाएको छ ।
साथै विवाईसी बागलुङले आफ्नो साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको भवन निर्माणको लागि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम संस्थाका कावा अध्यक्ष मनिभद्र शर्माले पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभएको थियो ।
विवाईसीका कार्यावहाक अध्यक्ष मनिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत सहसचिव विष्णु विक र संचालन सचिव तोयानाथ गौतमले गर्नुभएको थियो ।
विवाईसीले हाल धौलागिरी अञ्चलमा झोलुङ्गे पुल निर्माण कार्यक्रम, स्वास्थ्य सरसफाई एवं चर्पि निर्माण कार्यक्रम, गरिव दलितका लागि छात्रवृति कार्यक्रम, अन्र्तराष्ट्रिय नागरिक सेवा कार्यक्रम, साना उद्याम सवलिकरण परियोजना, एक समुदाय एक परिवार कार्यक्रम, सामाजिक सेवा ईकाई गठन तथा परिचालन कार्यक्रमहर संचालन गरिरहेको छ ।