अमृत आदर्श माविमा विद्यालयहरुको संकटासन्नता तथा क्षमता आंकलन कार्यक्रम

बागलुङ, ८ पुस
विद्यालय सुरक्षा तथा विपद् जोखिम न्युनिकरण परियोजना अन्तरगत बागलुङ नगरपालिका वडा नम्वर–२ अमृत आदर्श माध्यामिक विद्यालयमा विद्यालयहरुको संकटासन्नता तथा क्षमता आकलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सो अवसरमा संकटासन्नता तथा क्षमता आकलनका विषयमा गाजा डेभलपमेण्ट फाउडेशनक फिल्स सुपरभाईजन हरिमाया घर्तिमगर र अमृत आदर्श माविका विपत सम्पर्क शिक्षक सरोजराज पन्तले सहजिकरण गुर्न भएको थियो । विद्यालय तथा समुदायमा आईपर्ने प्रकोप, जोखिम विपदहरुको पुर्व तयारीको वारेमा सवै सजग हुनुपर्ने उहाहरुले बताउनुभयो । कार्यक्रममा बानपा–२ का वडा अध्यक्ष जिवन आचार्यले यस्ताखाले कार्यक्रमले समाजमा सकारात्क प्रभाव पार्ने वताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सञ्चालक डा।कृष्णबहादुर श्रेष्ठ, अभिभावक हरिप्रसाद गौतमले बोल्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनतकुमार श्रेष्ठको अध्यक्षता, प्रध्यानाध्यापक महेशचन्द्र प्रधानको स्वागत र विपत सम्पर्क शिक्षक लक्ष्मी खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसको साझेदारीमा सञ्चालित सो परियोजना बागलुङ जिल्लाका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्टेम्बरसम्म संचालन भईरहेको छ ।