
नविन शिशिर
बागलुङ, ६ पुस
बागलुङ नगरपालिका–१ बाङगेचौरको सहिद स्मृति पार्क र बानपा–२ ट्राफिक चोकको विरेन्द्र ऐश्वर्य पार्क आधुनिक तथा प्रविधियुक्त बन्ने भएको छ ।
पार्कलाई व्यवस्थित र आधुनिक संरचना सहित पुनःनिर्माण गर्न बागलुङ नगरपालिका कार्यालय र प्रभु बैकबीच विहिबार सम्झौता (एम.व.यु) भएको छ । सम्झौता पत्रमा नगर प्रमुख जनकराज पौडेल र प्रभु बैकका प्रमुख (सिईओ) असोक शेेेरचनलेे हस्ताक्षर गर्नुभएको छ ।
दुई वटै पार्क निर्माणको जिम्मेवारी प्रभु बैकले लिएको छ । बैकले पार्कमा नयाँ संरचना थप, पुराना संरचनाको पुनःनिर्माण र नयाँ प्लानटेसन तथा नयाँ फाउन्डेशन तयार गर्ने छ ।
नयाँ संरचनाको निर्माण गर्दा करिब ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । खर्चको सम्पूर्ण जिम्मेवारी प्रभु बैकले लिने नगर प्रमुख पौडेलले जानकारी दिनुभयो । पार्क निर्माण गरे बापत बागलुङ नगरपालिकाले प्रभु बैकमा आन्तरिक आय (राजश्व, उपभोक्ता समिति, गैरसरकारी संस्थाबाट प्राप्त हुने रकम) को खाता सचालन गर्ने सहमति भएको नगर पमुख पौडेलले बताउनुभयो ।
स्थानीय सकारलाई सरकारी खर्च खाता बाहेक अन्य खाता राष्ट्रिय स्तरको वाणिज्य बैकमा खाता संचालन गर्न पाउने अधिकार प्रत्योजन गरिएको छ । प्रोजेक्टको डिजाईन र स्वीकृत नगरपालिकाले गर्ने योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । पार्क निर्माण भए पछि दुई वर्षसम्म संयुक्त व्यवस्थापन हुने सम्झौतामा उल्लेख गरिएको छ ।
निर्माणको दुई वर्षसम्म प्रभु बैकलाई आफ्नो प्रचार सामाग्री राख्ने दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाको भनाई छ । दुई वर्ष पछि प्रचार सामाग्री राख्न नगरपालिकाको अनुमाति आवश्यक हुने सम्झौतमा उल्लेख गरिएको छ ।










