विहुँ जिप दुर्घटना अपडेटः २ जना घाईतेलाई अञ्चल अस्पताल बागलुङ ल्याईदै

बागलुङ, ६ पुस
ताराखोलादेखि बागलुङ बजारसम्म आउँदै गरेको ध १ ज ६५० नम्बरको पिकअप जिप काठेखोला गाउँपालिका–६ विहुँमा दुर्घटना भएको छ ।
जिप द्ुर्घटना हुँदा सवार २ जना घाईते भएका छन् । दुर्घटनामा ताराखेला ५ का ३० वर्षिय लाल बहादुर विक र ताराखोला–४का ६० वर्षिय मोतिलाल घर्ति सामान्य घाईते भएको र उहाँहरुलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याईदै गरेको दोविल्ला प्रहरी चौकी अक्षेतेका ईन्चार्ज महेश रायमाझीले जानकारी दिनुभयो ।
जिपमा चालक सहित ६ जना सवार रहेका थिए । जिप काठेखोला–६ को विहुँ सुल्डाँडाको घुम्टीबाट २० मिटर तल खसेको छ ।