
बागलुङ, ५ पुस ।
उद्योग बाणिज्य सघं बागलुङ्गले आगामी पौष १४ गते देखी २३ गते संचालन गर्न लागेको प्रदेश नम्वर ४ स्तरीय कृषि पर्यटन औद्योगिक ब्यापार मेला तथा बागलुङ महोत्सवको तयारीलाई तिव्रता दिइएको छ ।
जिल्लाका बिभिन्न पर्यटकिय क्षेत्रको प्रचारप्रसार घरेलु उत्पादनको पर्दशनी ब्यापार र प्रबद्धन एबं बिकास गर्ने महोत्सवको मुख्य उद्देश्यले आयोजना गरिएको मेलाको तयारीलाई तिव्रता दिइएको हो ।
महोत्सवका मुख्य आर्कषकहरुमा खुल्ला राष्ट्रिय लोकदोहोरी गित प्रतियोगिता, खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता प्रवेश टिकटमा पुरस्कारको ब्यवस्था, ऐतिहासिक छेलो प्रतियोगिता लोक नित्य, राष्ट्रिय कलाकारको संगीतिक कार्यक्रम बिभिन्न जातजातिका झाकी लगायका दर्जनौ कार्यक्रम, बाल उद्यान लगायतको तयारीलाई तिव्रता दिइएको बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेलले बताउनुभयो ।
धौलागिरी बहुमुखी क्याम्पसको प्राङगणमा हुन लागको महोत्सवमा राखिने १ सय ५० वटा स्टलबाट महोत्वस अबधीभर १० करोड बढिको कारोबार हुने उद्योग बाणिज्य सघंले जनाएको छ । १० करोड बढिको ब्याव्सायीक कारोबार गर्ने लक्ष राखिएको महोत्सव अवधिभर ७५ हजार देखी ८० हजार खर्च हुने र ९५ देखी १ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
यसैबिच उद्योग बाणिज्य सघंले महोत्वसवका समयमा हुने प्रत्यक टिकट बिक्रिबाट ३ रुपयाFका दरले नेपाल पत्रकार महासघं बागलुङ शाखाको भवन निर्माण कार्यलाई सहयोग गर्ने भएको छ ।










