रुद्रेपिपल माविमा विपद् जोखिम न्युनिकरण परियोजना कार्यक्रम

बागलुङ, ४ पुस
विद्यालय सुरक्षा तथा विपद् जोखिम न्युनिकरण परियोजना अन्तरगत बागलुङ नगरपालिका वडा नम्वर–२ रुद्रेपिपल स्थित रुद्रेपिपल माध्यामिकमा विद्यालयहरुको संकटासन्नता तथा क्षमता आकलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सो अवसरमा संकटासन्नता तथा क्षमता आकलनका विषयमा गाजा डेभलपमेण्ट फाउडेशनक भिल्स सुपरभाईजन हरिमाया घर्तिमगरले सहजिकरण गुर्न भएको थियो । सो अवसरमा मगरले विद्यालय तथा समुदायम आईपर्ने प्रकोप, जोखिम विपदहरुको पुर्व तयारीको वारेमा सवै सजग हुनुपर्ने वताउनुभयो ।
कार्यक्रममा बानपा–२ का कार्यबाहक अध्यक्ष सुरज बस्यालले यस्ताखाले कार्यक्रमले समाजमा सकारात्क प्रभाव पार्ने वताउनुभयो । प्लान इन्टरनेशनल नेपाल बागलुङका कार्यक्रम अधिकृत कपिल सिलवाल र कार्यक्रम व्यवस्थापक बिकास रिमालले कार्यक्रमका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक राजेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्य भिमकुमारी श्रीष, अपाङगता सरोकार संघ बागलुङका अध्यक्ष चिजा थापा मगर, विद्यार्थी नबिना थापा र सञ्चार न्युरेले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतबहादुर खड्काको अध्यक्षता, विपद सम्पर्क शिक्षक सिता नेपालीको स्वागत र सोमनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसको साझेदारीमा सञ्चालित सो परियोजना बागलुङ जिल्लाका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्टेम्बरसम्म संचालन भईरहेको छ ।