
बागलुङ, ३ पुस
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारमी सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना ू अन्तर्गत बिद्यालय स्तरिय जोखिम तथा क्षमता आकलन कार्यक्रम काठेखोला गाउपालिका वडा नंः २ को शिवालय आधारभुत विद्यालयमा सम्पन्न ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार खगराज उपाध्यायले विद्यालय तथा समुदायमा हुने प्रकोपहरुको क्षती कम गर्न तथा पुर्वतयारीमा रहन यो कार्यशाला प्रभावकारि रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यालयको संकटासन्नता तथा क्षमताको आकलन गरी प्रकोप पात्रो विद्यालयको आधार नक्शाङकन निर्माण गरि सुरक्षित स्थानको पहिचान तथा विद्यालय सुरक्षा योजना निर्माण गरियो ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका फिल्ड सुपरभाइजर रण ब थापाले सहजीकरण गर्नुभएको तालिमको सञ्चालन शिक्षक डण्डपाणी गौतम, स्वागत विद्यालयका विपद सम्परक शिक्षक लालमती भण्डारी र अध्यक्षता विद्यालयका प्रअ चित्र बहादुर कार्कीले गर्नुभएको थियो ।
सो परियोजना बागलुङ जिल्लाका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्तेम्वर सम्म सञ्चालन हुँदैछ ।










