
बागलुङ, ३ पुस
नेपाल उत्पिडित जातिय मुक्ति समाज बागलुङले सोमबार आफ्नो ३० औं स्थापना दिवस मनाएको छ ।
मुक्तिसमाज जिल्ला कार्यसमिती बागलुङले केक काटेर स्थापनाको ३०औँं बर्ष गाँठ मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमका बक्ताहरुले देशमा भएका परिवर्तनहरुलाई संस्थागत गर्न नसक्दा जातिय बिभेदको अन्त्य हुन नसकेको प्रति दुख व्यक्त गरेका थिए ।
सामाजिकरुपमा हुने छुवाछुत र बालिघरे प्रथाका कारण समाज परिवर्तन हुन नसकेको उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य धनबहादुर परियारले समय अनुसार परिवर्तन हुन सबै तयार हुनुपर्ने बताउनुभएको थियो ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिल्लिराज गौतमले परिवर्तनको सुरुवात आँफुवाट गर्नु पर्नेमा जोडदिनुभयो । कार्यक्रममा मुक्तिसमाज जिल्ला कार्यसमिती बागलुङका पुर्व अध्यक्ष यमबहादुर चर्माकार लगायतले बोल्नुभएको थियो ।
मुक्ति समाज जिल्ला कार्य समिती बागलुङका इन्चार्ज सुजन परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पुर्व जिल्ला अध्यक्ष टकबहादुर बोहोरा र सञ्चालन सुनिता बिकले गर्नुभएको थियो ।










