विहुँमा बिद्यालय स्तरीय जोखिम तथा क्षमता आँकलन कार्यक्रम

बागलुङ, २ पुस ।
विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना “अन्तर्गत बिद्यालय स्तरिय जोखिम तथा क्षमता आकलन कार्यक्रम आईतबार काठेखोला गाउपालिका वडा नंः–५“ विहुँको लालिगुराँस ईङलिस बोर्डिङ स्कुलमा सम्पन्न छ ।
कार्यक्रममा बोल्दै वडा नम्बर–५ का वडा सदस्य खगिसरा न्यौपानेले विद्यालय तथा समुदायमा विपदबाट हुनसक्ने भौतिक तथा मानविय क्षति कम गर्न यो कार्यशाला प्रभावकारि रहेकाले सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजिकरण परियोजनाकी फिल्ड सुपरभाईजर हिमा पुन र विपद सम्पर्क सहयाक शिक्षक सुशिला सेजुवाले गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत विद्यालयकी प्रिन्सिपल प्रिति राई र संचालन शिक्षक कृष्ण प्रसाद कंडेलले गर्नुभएको थियो ।
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसको साझेदारीमा सञ्चालित सो परियोजना बागलुङ जिल्लाका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्टेम्बरसम्म संचालन भईरहेको छ ।