बागलुङको भीमगिठेमा महिलाको शव भेटियो: बलत्कारपछि हत्याको आशंका

विमल खड्का
बागलुङ, २ पुस
बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ भीमगिठेमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
गुल्मी साविकको नेटा गाविस हाल मुसिकोट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दोवाटा कमल अधिकारीको घरमा बस्दै आएकी शारिरीक रुपमा बोल्न नसक्ने अन्दाजी ५५ बर्षकी नाम सीता लाटि जिसी महिलाको शव शनिबार राती ११:४५ बजे भीमगिठे थाम्का डाँडाको जङ्गलमा वेवारिसे मृत अवस्थामा शव प्रहरीले भेटाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दिपक रेग्मीका अनुसार महिलाको शरिरमा कपडा नभएको अबस्थामा भेटिएका कारण बलत्कार गरी हत्या गरेर फालेको हुन सक्ने बताए ।
राति अबेरसम्म पनि घरमा नआएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले भीमगिठे बसेर कुलोमा काम गर्ने दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ लगेको छ ।
उनीहरुलाई थप अनुसन्धानको लागि आज जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले रातोपाटीलाई जानकारी दिए ।