काठेखोलाले गर्यो नवनिर्वाचित सांसदलाई स्वागत र बधाई

बागलुङ, २९ मंसिर
काठेखोला गाउँपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित डा. सुर्यप्रसाद पाठक र प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सांसदमा निर्वाचित इन्द्रलाल सापकोटालाई बधाई ज्ञापन गरेको हो ।


उक्त कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद पाठकले आफुहरुले जिल्लाको विकासको लागि सधैं प्रतिबद्धताका साथ काम गर्ने बताउनुभएको थियो । उहाँले आफुले निर्वाचन अगाडी घोषणा गरेका एजेण्डाहरुलाई पूर्णता दिने बताउँदै काठेखोलाको विकासमा सधैं गाउँपालिकासँग एकवद्धता जनाउँदै काम गर्ने बताउनुभयो ।


यस्तै प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले आफुहरु बागलुङको पर्यटकीय क्षेत्रको प्रबद्र्धनका साथै विकास निर्माणका काममा सधैं अग्रसरता दिने बताउँनुभयो ।


कार्यक्रममा काठेखोला गाउँ कार्यपालिकाका सदस्य टिका संगम वि.क, काठेखोला वडा नम्बर १ का अध्यक्ष खड्क थापा, २ का अध्यक्ष विद्यापति शर्मा, ३ का अध्यक्ष याम बहादुर थापा, ७ का अध्यक्ष प्रेम जिसी, एमालेका युवा नेता हिरा बहादुर केसी, काठेखोला संयोजक डिल्लीराज गौतम, माओवादी केन्द्रका कुमार विक्रम क्षेत्री, एमालेका क्षेत्रीय अध्यक्ष डिल बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत वडा नम्बर ८ की वडाअध्यक्ष चित्रकला छन्त्याल श्रीस र संचालन चुर्ण बहादुर कार्कीले गर्नुभएको थियो ।