बागलुङमा १५ जना उम्मेदवारको जमानत जफत

बागलुङ, २९ मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङबाट उम्मेदवारी दिएका १५ जना उम्मेदवारको जमानत जफत भएको छ ।
कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेका कारण १५ जना उम्मेदवारको जमानत जफत भएको हो । बागलुङमा प्रतिनिधिसभामा एक/एक र प्रदेशसभा १ र २ मा दुई/दुई जना उम्मेदवारले जमानत जोगाउन सफल भएका छन् ।
बाँकी सबै उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी श्याम थापाले जानकारी दिए । थापाका नेपाली काग्रेसका उम्मेदवार बाहेक अन्य साना दलका उम्मेदवारले जमानत जोखाउन सकेनन ।
बागलुङमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ५६ हजार ५ सय ६१ मत खसेको थियो । जसमध्ये ५४ हजार ९ सय ३६ सदर भएको थियो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ तर्फ नयाँ शक्ति पार्टीका उम्मेदवार कृष्णप्रसाद शर्मा (२५६), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका सुमनजंग राजभण्डारी (८०), संघीय समाजवादी फोरमका महेन्द्र जिसी र नेकपा मालेका निलबहादुर क्षत्री (११५) को जमानत जफल भएको थापाले जानकारी दिएका छन ।
त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ को ‘क’ मा नयाँ शक्ति पार्टीका कृष्ण शर्मा (१४९), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका जयलाल सापकोटा –९८), संघीय समाजवादी फोरमका बद्रीकुमार श्रेष्ठ (८९) मत प्राप्त गरे पनि जमान जोगाउन प्रयाप्त भएन । क्षेत्र नम्बर– १ को ‘क’ मा ३० हजार दुई सय ४० मत खसेको थियो । २५ हजार ४० मत खसेको क्षेत्र नम्बर– १ को ‘ख’ मा नयाँ शक्ति पार्टीका उम्मेदवार युनिस मियाँको उमानत जफतभएको छ । उनले ३१० मत प्राप्त गरेका थिए ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर– २ मा संघीय समाजवादी फोरमका उम्मेदवार यामबहादुर घर्ती (१८०), आमुल परिवर्तन मसिहा पार्टी (२६२), देशभक्ति गणतान्त्रीक मोर्चाका निलबहादुर पुन (५८६) को जमानत गुमेको छ । क्षेत्र नम्बर २ मा ४९ हजार सात सय ६० मत खसेको थियो । जमान सुरक्षित गर्न न्युनमत कुल सदरमतको १० प्रतिशत अर्थात चार हजार ९ सय ७६ मत ल्याउनुपर्ने सूचना अधिकारी थापाले बताए ।
त्यस्तै २९ हजार दुई सय १६ मत खसेको क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा संघीय समाजवादी फोरमका विरबहादुर दर्जी (२५५) मत प्राप्त गरे पनि जमानत जफत भएको छ । क्षेत्र नम्बर २ को ‘ख’ मा संघीय समाजवादी फोरमका यमकुमार पुन (१५६), आमुल परिवर्तन मसिहा पार्टी नेपालका दिलबहादुर विक (१५६), नयाँ शक्ति पार्टीका टेकबहादुर कँुवर (७७) ले जमानत गुमाएका छन । सो क्षेत्रमा २० लाख ८ हजार ९७ मत खसेको थियो ।