न्यू ओएसिसमा विद्यालय सुरक्षा तथा विपद् जोखिम न्युनिकरण कार्यक्रम

बागलुङ, २८ मंसिर
विद्यालय सुरक्षा तथा विपद् जोखिम न्युनिकरण परियोजना अन्तरगत बागलुङ नगरपालिका वडा नम्वर ४ उपल्लाचौर स्थीत न्यू ओएसिस एकेडेमीमा विद्यालयहरुको संकटासन्नता तथा क्षमता आकलन कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
कार्यक्रममा सो अवसरमा संकटासन्नता तथा क्षमता आकलनका विषयमा गाजा डेभलपमेण्ट फाउडेशनक भिल्स सुपरभाईजन हरिमाया घर्तिमगरले सहजिकरण गुर्न भएको थियो ।
सो अवसरमा मगरले विद्यालय तथा समुदायम आईपर्ने प्रकोप ,जोखिम विपदहरुको पुर्व तयारीको वारेमा सवै सजग हुनुपर्ने वताउनु भयो । विद्यालयका प्रअ नेत्रलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष धुव्रवहादुर केसीले यस्ताखाले कार्यक्रमले समाजमा सकारात्क प्रभाव पर्ने वताउनु भयो ।
उपल्लाचौर प्राविक शिक्षक कालिका पा्रडेल , अभिभावक वलवहादुर भण्डारी , विद्यार्थी किरण कडेल लगाएतले वौलनु भएको थियो ।
विपद सम्पर्क शिक्षक दिपक कडेलले स्वागत गर्नु भएको कार्यक्रमको संचालन पुर्णवहादुर खड्काले गर्नु भएको थियो । यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसको साझेदारीमा सञ्चालित सो परियोजना बागलुङ जिल्लाका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्टेम्बरसम्म संचालन भईरहेको छ ।