
बिक्रम सुनार
बागलुङ, २६ मंसिर ।
नेपाल सरकार वन तथा भु–संरक्षण राज्य मन्त्रि कमलादेवि शर्माले जडिवुटी नेपालको आर्थिक समृृद्धिको बलियो आधार भएको बताउनुभएको छ ।
देशका विभिन्न जिल्लाको अनुगमनका लागि मंगलवार बागलुङ आउनुभएकी मन्त्रि शर्माले नेपाल जैविक विविधताको सम्भावना बोकेको देश भएकाले प्राकृतिक स्रोत, साधनको उचित प्रयोग गर्नसके देशको आर्थिक समृद्धि वृद्धि हुने बताउनुभयो ।
मन्त्रि शर्माले जडीवुटी लगायत अन्य वन पैदावारहरूको आर्थिक रूपमा प्रतिस्पर्धा एवम् आधुनिक खेती विकास तथा बिस्तार गरी स्थानीय रोजगारी एवम् आय आर्जनका अवसरहरू सृजना गर्नुपर्नेमा जोडदिनुभयो । साथै बागलुङमा जिल्लामा वन कार्यालय तथा भु–संरक्षण कार्यालयले गरेका विभिन्न कार्यहरु स्रहानिय भएको बताउनुभयो ।
जिल्लामा हुने प्राकृतिक घटना, बाढी, पहिरो न्युनिकरणका लागि जलाधार क्षेत्रहरूको व्यवस्थापनबाट भूक्षय नियन्त्रण गरी जमीनको उर्वरा शक्ति कायम राख्न टेवा पु¥याउन भु–संरक्षण कार्यलयले गरेको कार्य सकरात्मक भएको बताउनुभयो । उहाँले राष्ट्रिय हित लागि भन्दा व्यक्तिगत स्वार्थमा लाग्ने प्रवृति रहेकाले देश विकास निर्माणमा अस्तव्यस्त रहेकामा जोडदिनुभयो । वातावरणीय स्वच्छताको ग्रामिण स्तरसम्म चेतना बर्ढाई भौतिक विकास सम्बन्धी क्रियाकलापहरूबाट वातावरणमा पर्न जाने प्रतिकूल असरहरू पर्न नदिन एवम् वातावरणको संरक्षण गरी वन, वनस्पति र वन्यजन्तुको संरक्षण गर्नुपर्नेमा शर्माले जोडदिनुभयो ।
कार्यक्रममा जिल्ला भु–संरक्षण कार्यलय बागलुङका अधिकृत शेरबहादुर श्रेष्ठले जिल्लाको भौगोलिक वस्तु स्थिती तथा कार्यालयद्धारा सम्पन्न भएका योजना तथा निर्माणका चरणमा रहेका संरचना र योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण गर्नेक्रममा अधिकृत श्रेष्ठले बाढी, पहिरो आउनु, पानीका मुहान सुक्दै जानु, जलविद्युत क्षमता घट्नु खोला नाला आदि सडक निर्माण कार्यले असुरक्षित भएको बताउनुभएको थियो ।
पछिल्लो समयमा ग्रामिण भेग सम्म पनि सडक विस्तार गर्नेक्रममा भु–संरक्षण हुन नसकेको र प्राकृतिक स्रोत साधनको पनि नाश हुनुभएकाले यसको न्युनीकरणका लागि सडक विभाग तथा भु–संरक्षण कार्यालयको समन्वय आवश्यक रहेको बताउनुभयो ।










