
बागलुङ, २४ मंसिर ।
लैगिक हिंसाको अन्त्य गरौ कोहि नछुटौ भन्ने मुल नाराका साथ आईतबार भीमापोखरा युवा क्लबले काठेखोला ७ रेशमा खुल्ला लोक गित प्रयोगिता सम्पन्न गरेको छ ।
महिला तथा किशोरीहरु माथि हुने विभेद र असमानताको अन्त्य गर्ने उद्देश्यका साथ भएको अन्तर समुह खुल्ला लोकगित प्रतियोगितामा लालिगुराँस महिला समूह साविक रेश ७ प्रथम, सृजनशिल महिला समूह साविक रेश ३ द्धितीय, कुँवर समाज महिला समुह साविक रेश ५ तृतीय र प्रगतिशिल महिला समूह साविक रेश ६ सान्त्वना भएका छन् ।

उक्त कार्यक्रम बोल्दै काठेखोला गाउँ पालिकाका अध्यक्ष अमर थापाले सबै खालको विभेद, असमान्ता र हिंसा अन्त्य गर्न सकेमा मात्र महिला पुरुष समानता कायम गर्न सकिनेमा जोड दिनु भएको थियो । , विवाईसी बागलुङका कार्यावाहक अध्यक्ष मणिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा काठेखोला–७ रेशका वडाअध्यक्ष प्रेम लामिछाने, नेकपा एमाले रेशका अध्यक्ष टोप बहादुर कार्की र शुसिला कार्कीले मंतव्य राख्नुभएको थियो ।
कार्यक्रम विवाईसिका सामाजिक परिचालक भावना थापाको संचालन र संस्थाका एक समुदाय एक परिवार कार्यक्रमका कार्यक्रम व्यवस्थापक चुडामणि उपाध्यायले स्वागत गर्नुभएको थियो । विवाईसी बागलुङले महिला हिंसा अन्त्य गर्नको लागि रेशमा एक समुदाय एक परिवार कार्यक्रम संचालन गरिरहेको छ । यसै विच लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विवाईसीले काठेखोलामा विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।










