रायडाँडामा विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनीकरण कार्यक्रम

बागलुङ, २४ मंसिर
विद्यालय सुरक्षा तथा विपद जोखिम न्युनीकरण परियोजना सम्वन्धि परिचयात्मक कार्यक्रम महाविद्याजन मावि बानपा ११ रायडाडा सम्पन्न भएको छ ।
युरोपियन युनियनको नागरिक संरक्षण तथा मानवीय सहायता विभागको आर्थिक सहयोग बागलुङमा परियोजनको संचालन तथा प्लान इन्टरनेसनल नेपाल र नेपाल गाँजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा उक्त परियोजना सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै वडा प्रतिनिधि घनश्याम आचार्यले विपदबाट विद्यालयको भौतिक संरचनालाई बचाउन यस्तो कार्यक्रमको महत्वपुर्ण आवश्यकता रहेको बताउनुभयो । जिल्ला ग्रामिण स्तरका विद्यालयमा समेत यस्ता खालका परियोजनालाई निरन्तरता दिनुपर्नेमा जोडदिनुभयो । साथै विद्यालयको भौतिक संरचना निर्माण, शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वडा मार्फत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यार्थी,अभिभावक तथा स्थानीयको सहभागिता रहेको कार्यक्रमको सहजीकरण नेपाल गाँजा डेभलपमेन्ट फाउन्डेसन फिल्ड सुपरभाइजर हरिमाया घर्तिमगरले गर्नुभएको थियो ।
कार्यक्रममा महाविद्याजन मावि बानपा ११ रायडाडाका प्रधानध्यापक डिल्लीप्रसाद आचार्य, विद्यार्थी जीवन थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर थापाको अध्यक्षता, प्राथमिक उचार शिक्षक भगवती शर्मा गौतमको स्वागत र शिक्षक बलबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।