निर्वतमान सांसदलाई हराउने जनमोर्चाका थापाको यस्तो छ राजनीतिक यात्रा

बागलुङ १ को प्रदेशसभा सदस्य क्षेत्र (ख)बाट नेपाली काँग्रेसका पूर्व पार्टी सभापति तथा निर्वतमान सांसद प्रकाश शर्मा पौडेललाई पराजित गनेृ राष्ट्रिय जनमोर्चाका थापाको नालीबेली
बागलुङको क्षेत्र १ को प्रदेशसभा २ बाट विजयी भएका कृष्ण थापाको जन्म वि.सं. २०१८ साल असार १ गते जैमुनी नगरपालिका वडा नम्बर–४, सर्कुवामा भएको हो ।
जनता माध्यामिक विद्यालय सर्कुवाबाट मा.वि. तह र रामपुर कृषि क्याम्पसबाट कृषि विज्ञानमा प्रमाण पत्र तहसम्म अध्ययन गर्नुभएका थापा २०३३ सालदेखि नै विद्यार्थी आन्दोलनमा सक्रीय हुनुभएको थियो । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन कै क्रममा कक्षा ९ मा पढ्दा पढ्दै र २०३८ सालको आन्दोलनमा गरी २ पटकसम्म जेल जीवन समेत बिताउनु परेको थियो ।
२०४१ सालमा आई.ए.सी.को पढाई सकेर पार्टीद्वारा सञ्चालित पोखरा र पाल्पाका कृषि र्फममा समेत रहेर काम गर्नु भएको उहाँ जनता मा.वि. सर्कुवा र विजुवा मा.वि. पैयुथन्थापमा ३ बर्ष शिक्षण पेशामा लागि शिक्षक आन्दोलनमा समेत सक्रीय रहनु भयो ।
थापा पञ्चायत विरुद्धको आन्दोलनलाई निरन्तरता दिने क्रममा राज्यद्वारा बढी निगरानी भएपछि शिक्षण पेशा छोडेर भुमिगत जीवन समेत बिताउनु भएको थियो । २०४६ सालको जनआन्दोनको क्रममा उहाँलाई गिरफ्तार गर्न नसके पछि पुलिसले उहाँको श्रीमति शान्ति पुन र ५ महिनाकी छोरी विहानी थापालाई घरबाट गिरफ्तार गरी १ महिना जेलमा राखेको थियो ।
अखिल नेपाल युवक संघ, बागलुङका संस्थापक अध्यक्ष थापा २०४६ सालको परिवर्तन पछि खुल्ला राजनीतिमा सक्रीय हुँदै २०५६ साल देखि २०६२ सालसम्म राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालयमा सचिवको भूमिकामा रहेर पार्टी र जनताको काममा सहयोग गर्नु भयो ।
थापाले २०६२ साल देखि २०६४ सालसम्म राष्ट्रिय जनमोर्चाको बागलुङ जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यको जिम्मेवारी समाल्नुभएको थियो ।
२०६२÷०६३ सालको जनआन्दोलनका घाईते समेत रहनु भएको उहाँ निरंकुश शासनको विरुद्धको संघर्षमा जेलमा २०६२ सालमा जेलमा पनि पर्नु भयो । साहित्यमा समेत कलम चलाउने थापाको गाउेस्ँको विद्रोह नाटक प्रकाशन भएको छभने उहाँले अन्य कैयौं कविता र निबन्ध समेत लेख्नुभएको छ ।