बागलुङ क्षेत्र १ प्रतिनिधिसभामा एमालेका सुर्य पाठक विजयी

डा. सुर्य प्रसाद पाठक

बागलुङ, २२ मंसिर
बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुर्य पाठक निर्वाचित हुनुभएको छ ।
पाठकले नेपाली काँग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले भन्दा १३ हजार ४१ मत बढी ल्याएर विजयी हुनुभएको छ ।
विजयी पाठकले ३३६५७ मत ल्याउनुभएको छभने उहाँकी मुख्य प्रतिद्वन्द्वी चम्पादेवी खड्काले २०६१६ मत प्राप्त गर्नुभएको छ ।
खड्का वहालवाला मन्त्री हुनुहुन्छ ।
यस्तै क्षेत्र नम्बर १ मा नयाँ शक्तिका कृष्ण प्रसाद शर्माले २५६, नेकपा मालेका निर बहादुर क्षेत्रीले २१२, संघीय समाजवादी फोरमका महेन्द्र जि.सी.ले ११५ र एकीकृत राप्रपा (राष्ट्रवादी)का सुमन जंग राजभण्डारीले ८० मत प्राप्त गर्नुभएको छ ।
८६ हजार ७ सय ५६ मतदाता रहेको यस क्षेत्रमा ५६ हजार ४ सय ७३ मत खसेको थियो । उक्त मतमा १५३७ मत बदर भएका छन् ।