बागलुङ क्षेत्र १ प्रदेशसभा (क) मा एमालेका सापकोटा ३९१० मतले अगाडी

बागलुङ, २२ मंसिर
बागलुङको मत परिणामको नतिजा अन्तिम चरणमा पुग्न लाग्दा बाम गठबन्धनका सवै उम्मेदवारहरु विजयी नजिक पुगेका छन् ।
अहिले ९ बजेसम्मको मत परिणाम अनुसार बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा एमालेका इन्द्रलाल सापकोटाले आफ्ना मुख्य प्रतिद्वन्द्र नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापालाई ३९१० मतले अग्रता लिएका छन् ।
सापकोटाले ११४४५ र नेपाली काँग्रेसका थापाले ७५३५ मत प्राप्त गरेका छन् ।