
बागलुङ, २२ मंसिर
बागलुङ जिल्ला क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट संयुक्त बाम गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेक बहादुर घर्ती विजयी भएका छन् ।
शुक्रबार बेलुका सम्पन्न मतगणनामा घर्तीले ११८८४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
को हुन् घर्ती ? पढ्नुहोस् उनको नालीबेली
बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र २ मा बाम गठबन्धनको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार हुनुहुन्छ टेक बहादुर घर्ती । राष्ट्रिय जनमोर्चामा आवद्ध रहेका घर्तीको जन्म वि।सं। २०२८ साल साउन ५ गते ढोरपाटन नगरपालिका वडा नम्बर ६, सहिखोलामा भएको हो ।
विद्यार्थी जिवनबाट नै राजनीतिक यात्रामा लाग्नुभएका घर्तीले भानु माध्यामिक विद्यालय ग्वालीचौरबाट मा।वि। तह २०४६ सालमा सम्पन्न गर्नुभएको थियो । ०६५ सालमा अखिल नेपाल युवक संघ, बागलुङको अध्यक्ष हुनुभएको थियो । २०६४ सालको संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नं। ३ बाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेद्वारबनी पराजित हुनुभएको थियो । घर्ती विद्यालय, जलविद्युत तथा बाटोघाटोको विकासमा समेत सक्रीय रहनु भएको छ ।
आफुले संविधानको प्रस्तावनामा उल्लेख भएको समाजवाद उन्मुख राज्य स्थापनाका लागि मुख्य जोड दिनुका साथै यो प्रदेशको आर्थिक समृद्धि र पूर्वधार विकासमा नीतिगत निर्णय गर्ने र व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागिपर्ने प्रतिवद्धता राख्दै उम्मेदवारी चुनावी अभियानमा लाग्नुभएको थियो ।
प्रस्तुतीः अर्जुन कार्की










