
बागलुङ, २२ मंसिर
बागलुङ क्षेत्र २ प्रदेशसभा २ मा बाम गठबन्धनका टेक बहादुर घर्ती विजयी भएका छन् ।
घर्तीले आफ्ना मुख्य प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीत बहादुर शेरचनलाई ३ हजार २६० मतअन्तरले पछि पार्दै विजयी भएका हुन ।
उनले ११८८४ मत प्राप्त गरेका छन्भने नेपाली काँग्रेसका जीत बहादुर शेरचनले ८६२४ मत प्राप्त गरेका छन् । यस्तै संघीय समाजवादी का यम कुमार पुनले १५६, आमूल परिवर्तन मसिहा पार्टि नेपालका दिल बहादुर विकले १५६ र नयाँ शक्तिका टेक बहादुर कुँवरले ७७ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा २ हजार ४६४ मत बदर भएका छन् ।
३३ हजार दुई सय ४० मतदाता रहेकोमा उक्त क्षेत्रमा २३ हजार तीन सय ६१ मत खसेको थियो ।










