एमालेका पाठकको जित सुनिश्चित, काँग्रेसकी खड्काभन्दा १० हजार ७२० मतले अगाडी

बागलुङ, २२ मंसिर
बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका सुर्य प्रसाद पाठकको जित सुनिश्चित बनेको छ ।
बेलुका ७ः३० सम्मको मत परिणाम अनुसार पाठकले आफ्नी मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसकी चम्पादेवी खड्का भन्दा १० हजार ७ सय २० मतले अग्रता लिएका छन् ।
पाठकले २७७०५ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी चम्पादेवी खड्काले १६९८५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उक्त क्षेत्रमा नयाँ शक्तिका कृष्ण प्रसाद शर्माले २३७, नेकपा मालेका निर बहादुर क्षेत्रीले १७५, संघीय समाजवादी फोरमका महेन्द्र जिसीले ९४ र एकीकृत राप्रपा (राष्ट्रवादी)का सुमन जंग राजभण्डारीले ६० मत प्राप्त गरेका छन् । बागलुङ क्षेत्र नम्बर १ को मतपरिणाम सनिबार बिहानसम्म आइसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।