
बागलुङ, २२ मंसिर
बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले आफ्नो अग्रतालाई बढाएका छन् ।
पौडेलले विहान ७ बजेसम्मको मतगणनाअनुसार १६७० मतले अग्रता लिएका छन् ।
नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले ७०५२ मत प्राप्त गरेका छन्भने नेपाली काँग्रेसका नर बहादुर पुनले ५३८२ मत प्राप्त गरेका छन् ।
यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका निल बहादुर पुनले ३०४, आमूल परिवर्तन मसिहा पार्टि नेपालका बाबुराम पाण्डेले ८२ र संघीय समाजवादी फोरम नेपालका याम बहादुर घर्तीमगरले ४९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
मतगणना जारी रहेको छ ।










