
बागलुङ, २२ मंसिर
म्याग्दीको प्तिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भुपेन्द्रले आफ्नो अग्रतालाई बढाएका छन् ।
थापाले विहान ६ बजेसम्मको मतगणनाअनुसार १७७७ मतले अग्रता लिएका छन् ।
विहान ६ बजेको मतपरिणाम अनुसार नेकपा एमालेका भुपेन्द्र थापाले ११८३३ मत प्राप्त गरेका छन्भने नेपाली काँग्रेसका खम्बिर गर्बुजाले १००५६ मत प्राप्त गरेका छन्
यस्तै प्रदेशसभा क्षेत्र १ मा माओवादी केन्द्रका विनोद केसीले ७०४० मत प्राप्त गरेका छन्भने राप्रपाका भिम प्रसाद गौचनले ६१९० मत प्राप्त गरेका छन् । यस्तै प्रदेशसभा क्षत्र (ख)मा नेकपा एमालेकी नरदेवि पुनले ४९५० र नेपाली काँग्रेसका अमलाल अगामीले ४५३७ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।










